४ कार्तिक २०७७, मंगलवार   440 पटक हेरिएको


image

जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक नभई घरबाहिर ननिस्कन आग्रह गरेको छ। कोरोना संक्रमण जोखिम अझ बढ्न सक्ने अवस्था देखिएकोले व्यक्तिगत तथा सामुहिक रूपमा सचेतता अपनाएर जो जहाँ छौं सोही ठाउँमा रहेर चाडबाड मनाउन प्रशासनले आग्रह गरेको हो।

अतिआवश्यक परेमा घरबाहिर निस्कँदा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको अनिवार्य पालना गर्न सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले सूचना निकालेर आग्रह गरेका हुन्। चाडबाडका बेला आवतजावत र भिडभाड हुने भन्दै प्रशासनले काम नपरी घरबाहिर ननिस्कन भनेको हो।

दिनहुँ थपिने कोरोना संक्रमितमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकामै भेटिने गरेकोले कोरोनाको जोखिम धेरै रहेको देखिने प्रशासनको भनाइ छ।





सम्बन्धित समाचार