PalikaExpress
१८ मंसिर २०७७, बिहीबार
511 पटक हेरिएको

नेपाल ईन्भेस्टमेंट बैंक लि (८.५% ७ बर्ष ),नेपाल ईन्भेस्टमेंट बैंक बन्ड -२०८४ जारी गर्ने भएको छ सो बोंण्ड जारी गर्ने RBB मर्चेंट बैंकिंग लि. लाई बिक्री प्रवन्धक नियुक्त गरेको छ।

बैंकले १ अर्व ६० करोड़ बराबरको ऋणपत्र निष्काशन गर्दै छ। “नेपाल ईन्भेस्टमेंट बैंक बन्ड -२०८४” नामको यो ऋणपत्रमा लगानी गर्नेले बार्षिक ८.५ प्रतिशतका दरले ब्याज प्राप्त हुने गरी ७ बर्ष को लगानी गर्ने अवसर पाउने छन्।
बन्डहरू प्राय सरकार वा कम्पनिहरूले लगानीकर्ताहरुबाट ऋण लिएर बिभिन्न क्षेत्रमा लगानी गर्न पैसा उठाएका हुन्छन । कुनै एक निश्चित अबधिको लागि जारी गरिएको हुन्छ सो बापत लगानीकर्ताहरुलाई निश्चित ब्याज भुक्तान र समय ब्यतित भए पछी सबै लगानी फिर्ता हुने गरी रकम माग गरेका हुन्छन ।