१८ मंसिर २०७७, बिहीबार   163 पटक हेरिएको


image

नेशनल लाईफ ईन्सुरेन्स (NLICL) ले प्रस्ताव गरेको लाभांश परिबर्तन गरेको छ । यस अघि आर्थिक वर्ष २०७५/७६को मुनाफबाट १५% नगद र २.५% बोनस प्रस्ताव गरेकोमा वीमा समितिबाट २०७७.०५.३१ को पत्रबाट स्वीकृति प्राप्त नभए पछि परिवर्तन गरेको छ ।

कम्पनीको २०७७ मंसिर १७ गते बसेको संचालक समितिको ४३८ औ बैठकको निर्णय अनुसार र बीमा समितिको निर्देशन अनुसार को परिमार्जित बित्तीय बिबरण अनुसार १०% बोनस र ०.५३% नगद लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश वीमा समितिबाट पारित भए पश्चात र आगामी बार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् ।





सम्बन्धित समाचार