१८ मंसिर २०७७, बिहीबार   159 पटक हेरिएको


image

चिलिमे जलाबिद्धुत लिमिटेडले २४ औ वार्षिक साधारण सभा आह्वान गरेको छ । जलाबिद्धुतको मंसिर १६ गते, बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार जलाबिद्धुतको २४ औ वार्षिक साधारण सभा पुष १२ आइतबार कम्पनीको रजिस्टर्ड कार्यालय धुम्बराही काठमाडौँमा बिहान ११:० ० बजेबाट सुरू हुनेछ। सो बैठक भर्चूयल माध्यमबाट सकेसम्म सबै लगानीकर्तालाई सहभागी गराउने ब्यबस्था गरेको छ ।

जलाबिद्धुतले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरूलाई लाभांश दिन सो सभामा पारित गर्न लागेको हो । सभामा सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार शेयरधनीहरूलाई १० प्रतिशतका दरले बोनस शेयर र १० प्रतिशतका दरले नगद लाभांश वितरण गरिने विशेष प्रस्ताव पारित गरिनेछ ।
यसका साथै, सो सभामा जलाबिद्धुतको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, तथा बित्तीय बिबरणको बारेमा छलफल गरि पारित गर्न लागेको हो । सोही सभाबाट आ.व. २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक तोक्ने, त्यस्तै कम्पनीको प्रबन्ध पत्र नियमावली संसोधन गर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरिनेछ ।

साधारणसभा प्रयोजनको लागि कम्पनीले मंसिर २९ देखि षौष १२ गते सम्म बुक क्लोज तोकेको छ । बुक क्लोजको मिति तय गरेको अघिल्लो कारोबार दिन सम्म शेयर भएकाले सो लाभांश र बार्षिक साधारण सभामा भाग लिन पाऊछन ।





सम्बन्धित समाचार