१८ मंसिर २०७७, बिहीबार   98 पटक हेरिएको


image

मेषराशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – धार्मिक कार्यमा मन जाने छ ,अध्ययन सामान्य नै रहला ,प्रेम सम्बन्धमा सुधार होला ,कामको उचित प्रतिफल प्राप्त होला ।

बृषराशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – अधुराकार्य पूरा होलान ,प्रेम प्रस्ताब आउने तथा प्रेममा सफलता ,बैदेशिक क्षेत्रमा सफलता ।

मिथुनराशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) – साहित्य तथा संगीतमा रूचि बढ़ने ,कम्मर तथा ढाडमा समस्या हुन सक्ने समय, निर्णय क्षमता कमजोर होला ।

कर्कटराशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – नजिकको ब्यक्तिबाट धोका पाईएला ,धार्मिक कार्यमा मन जाला ,स्वास्थ्य अनुकूल रहला, अनाबस्यक तनाब हुन सक्ने ।

सिंहराशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – दिन सामान्य नै रहला ,बिद्या तथा प्रेममा सफलता ,दाम्पत्य जीबन सुखमय रहला,आम्दानी राम्रै रहला तर संचय धनको खर्च होला ।

कन्याराशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – धेरै समय रोकिएको काम बन्न सक्ने ,धर्म कर्ममा मन जाने छ ,साथी भाईको सहयोग ।

तुलाराशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – दिन रमाईलोमा बित्नेछ ,रोकिएररहेका कार्य हरु पूरा हुने छन,प्रेममा सफलता होईएला ।

वृश्चिकराशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)-आजको दिन सामान्य नै रहला ,स्वास्थ्य प्रतिकूल रहला ,धार्मिक क्षेत्रमा मन जाने ,प्रेममा मन मुटाव उत्पन्न होला ।

धनुराशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)-धन फस्ने योग रहेको छ ध्यान दिनु होला ,बोल्दा बिचार गर्नु पर्ने ,पेटमा समस्या,स्त्री बाट फाइदा लिन सकिएला ।

मकरराशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)– आजको दिन तपाई को राम्रो रहेको छ ,दाजु भाई बाट सहयोग पाईएला ,चिसोले सताउला ,प्रेम सम्बन्ध दीगो हुने समय रहेको छ ।

कुम्भराशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) –चतुर कार्य होला ,धार्मिक कार्य मन जाने ,बित्तीय क्षेत्रमा सहयोग पाईएला ।

मीनराशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –रमाईलो यात्रा होला ,प्रेममा मधुरता ,टाउको सम्बन्धी समस्या हुन सक्ने छ ।

ज्यो.पं. कुशकश्यप
कश्यपज्योतिष परामर्श केन्द्र
९८४५२८६५३५





सम्बन्धित समाचार