१७ मंसिर २०७७, बुधबार   137 पटक हेरिएको


image

वोमी लघुवित्त वित्तीय संस्था(WOMI)ले आफ्नो सेयरधनीहरुलाई आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।

२०७७ मंसिर १६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को बितरणयोग्य मुनाफाबाट शेयर धनिहरुलाई ३०% अर्थात् ८ करोड ३३ लाख बोनस सेयर प्रस्ताव गरेको छ । यस संस्था र नागरिक लघुवित्त एक आपसमा मर्जर भई एकिकृत कारोबार समेत सुरु भएकोले बोनस सेयरमा लाग्ने कर छुट भएको जानकारी दिएको छ ।

सो  लाभांश नेपाल राष्ट्र बैंकबाट पारित गरी आगामी साधारणसभाले अनुमोदन गरेपछि शेयर धनिहरुले पाउनेछन् ।





सम्बन्धित समाचार