१७ मंसिर २०७७, बुधबार   77 पटक हेरिएको


image

मेषराशि –बोल्दा होस पुराऊनु होला ,अकस्मात् धन लाभ हुने दिन रहेको छ ।

बृषराशि –नयाँ क्षेत्रमा लगानिको अवसर पाईनेछ ,धन लाभ ,मिस्ठान भोजन ग्रहण होला।

मिथुनराशि-सुख पाईएला,शत्रु माथि बिजय ,प्रेममा सफलता ,पढाईमा उन्नति होला  ।

कर्कटराशि –चिसोले सताउला ,ईस्टमित्र संगको भेटघाटले  रमाइलो  संग समय बित्ने छ  ।

सिंहराशि –मिस्ठान भोजनको अवसर मिल्ला ,मान सम्मान पाईएला, दिदी बहिनीबाट सहयोग ।

कन्याराशि – बोलीको प्रभाब राम्रो होला ,मनोरंजनात्मक कार्य गरिएला ,प्रेममा खटपट होला  ।

तुलाराशि – दिन सुखमय रुपमा बित्ला, शत्रु नाश होला ,मुख तथा घांटी सम्बन्धी समस्या होला ,नयाँ कार्यको थालनी होला ।

वृश्चिकराशि-कार्यमा ढीला सुस्ती ,नयाँ कार्यको अवसर आऊला ,पढाई लेखाईमा सुधार होला ,पानी जन्य समस्या होला    ।

धनुराशि-मुख तथा दांतमा समस्या ,छाती तथा प्रेसरको समस्या होला, नयाँ ब्यबसायको सुरुवात होला ,धन खर्चको योग रहेको छ  ।

मकरराशि –निकै कडा परिश्रमको महशुस होला ,दाजु भाईसंगको सम्बन्ध राम्रै रहला ,चिसोले सताउला।

कुम्भराशि –बोलीमा संयमता अपनाऊने , आटेका कार्यमा ढिलाई होला ,स्त्रीबाट भाग्योदय होला ।

मीनराशि –टाउको दुख्ने समस्याले सताउला,मन चंचल होला ,दाहिने हातमा समस्या आऊला ,आफुभन्दा तल्लो बर्गबाट लाभ पाऊन सकिएला ।

ज्यो.पं. कुशकश्यप
कश्यपज्योतिष परामर्श केन्द्र
९८४५२८६५३५





सम्बन्धित समाचार