PalikaExpress
१६ मंसिर २०७७, मंगलवार
815 पटक हेरिएको

चिलिमे जलविद्युत कम्पनी (CHCL) ले आफ्नो सेयरधनीहरुलाई आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।
२०७७ मंसिर १६ गते बसेको ३७९ औ संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १०% बोनस सेयर र १०% नगद लाभांश गरी कुल २०% लाभांश प्रस्ताव गरेको छ ।

उक्त लाभांश आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् ।कम्पनीको २४ औं साधारण सभा २०७७ पौष १२ गते हुने भएको छ । साधारणसभा प्रयोजनको लागि कम्पनीले मंसिर २९ देखि षौष १२ गते सम्म बुक क्लोज तोकेको छ ।
बुक क्लोजको मिति तय गरेको अघिल्लो कारोबार दिन सम्म शेयर भएकाले सो लाभांश र बार्षिक साधारण सभामा भाग लिन पाऊछन ।