१६ मंसिर २०७७, मंगलवार   436 पटक हेरिएको


image

नेपाल धितोपत्र बोर्ड (SEBON)ले लगानीकर्ताहरुलाई सुसूचित भई सजगतापूर्वक लगानी गर्न आग्रह गरेको  छ । 

बोर्डले एक विज्ञप्ति प्रकाशन गर्दै पूँजी बजारको बिकाश र बिस्तार गर्दै यसको सूक्ष्म रुपमा अनुगमन र सूपरिबेक्षण गरिरहेको जानकारी गराउदै  लगानीकर्ताहरुलाई पूँजी बजारको स्थापित मूल्य र मान्यता अनुरुप सूचीकृत संगठित संस्थाको वित्तीय अवस्था, ती संस्थाहरूको आधारभुत तथा प्रविधिक पक्ष, ऐन नियमको पालनाको अवस्थाका साथै समग्र वित्तीय तथा आर्थिक परिसूचक लगायतका विवरणहरूको   विश्लेषण गरी लगानी गर्न आग्रह गरेको हो अनुमान र हल्लाको पछाड़ी नलागी, लगानिकर्ताको जोखिम बहन क्षमता र आफ्नो लगानिको सुरक्षा आदिसमेतलाई दृष्टीगत गरी सजग , सूझबुझ भई लगानी गर्न लगानिकर्तालाई बोर्डले अनुरोध गरेको छ  ।

त्यसैगरी, बोर्डले दोस्रो बजारमा कायम भएको नयाँ रेकर्ड पूँजी बजारको लागि खुशिको कुरा रहेको जनाएको  छ ।





सम्बन्धित समाचार