
नेपाल स्टक एक्सचेञ्ज (NEPSE) मा आज साताको दोस्रो कारोबार दिन सूचक २ हजार माथि उक्लिएर फर्किएको छ । नेप्से परिसूचक २०२८ सम्म पुगेको थियो फेरि करेक्सन हुँदै अन्त्यमा १९९७.०५ को विन्दुमा आएर अड्किएको छ । आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक ७५.०२ अंकले बढेर १९६८.२७ मा पुगेर बन्द भएको थियो ।आज भोली नेप्सेमा दिन दिनै नयाँ रेकर्ड बनाएको छ , आजको सूचक २०२८ मा छोएको हालसम्म कै उच्च विन्दु हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार शेयर कारोबार मापक नेप्से परिसूचक २८.७९ अंकले बढेर १९९७.०५ मा पुगेको छ । नेप्से १.४६ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक १.६३ अंकले बढेर ३८५.५६ मा पुगेको छ ।

कूल १९८ वटा कम्पनीको २ करोड ५१ लाख ९१ हजार ३ सय १९ कित्ता शेयर खरिदबिक्री हुँदा ८ अर्ब ८६ करोड ७७ लाख १४ हजार ६ सय ८२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । आज यूनाईटेड मोदी ,अप्पर तामाकोशी,ग्रीन डेभलप्मेंट बैंक आदि ले कमाएका छन भने बिशाल बजार ,बोटलर्स नेपाल,लुम्बिनी बिकाश बैंक आदिले गुमाएका छन,त्यसतै कारोबार धेरै मा नेपाल लाईफ इन्सुरेन्स, नेपाल पुनर्बीमा,प्रभु बैंक आदि रहेको छ ।

