
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (AHPC)ले आफ्नो २३ औँ वार्षिक साधारणसभा बोलाएको छ।
कम्पनी सञ्चालक समितिको हिजो २०७७ मंसिर १४ गते बसेको बैठकले यही पुस ८ गते बुधबार काठमाण्डौको थापाथलीस्थित ट्रेड टावरमा भर्चुअल माध्यमबाट सभा गर्ने निर्णय गरेको छ।
सभाले कम्पनीले आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्ताव गरेको ५ प्रतिशत बोनस सेयर र ०.२६३ प्रतिशत गरी कुल ५.२६३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ।
यस्तै २१ औं वार्षिक साधारण सभाले पारित गरेको १:१ अनुपातको हकप्रद शेयर मध्ये प्रथम चरणमा काबेली बी १ क्यासकेड जलविद्युत आयोजना निर्माणका लागि आवश्यक पर्ने स्वपूँजी लगानीको लागि २३ औं वार्षिक साधारण सभाबाट पारित बोनस शेयर पश्चात कायम हुने चुक्ता पूँजीको एक बराबर ०.५ को अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताब पनि साधारण सभाले पारित गर्नेछ ।

वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि कम्पनीले यही मंसिर २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। सो लाभांश प्राप्त गर्न तथा सभामा भाग लिनको लागी मंसिर २५ गतेसम्म कायम सेयरधनीहरुमात्र पाऊने छन ।