१५ मंसिर २०७७, सोमबार   194 पटक हेरिएको


image

हिमालयन बैंक लिमिटेड (HBL) ले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको छ ।

बैंक सञ्चालक समितिको हिजो २०७७ मंसिर १४ आइतबार बसेको बैठकले सेयरधनीहरुलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश १४ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश रहेको छ।

समितिले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृती र बैंकको आगामि वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । 





सम्बन्धित समाचार