१५ मंसिर २०७७, सोमबार   55 पटक हेरिएको


image

माछापुछ्रे बैंक लिमिटेडले २२ औ वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको असोज १४ गते, बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको २२ औ वार्षिक साधारण सभा पुष २ बिहिबार होटल पोखरा ग्रान्डमा बिहान ११:० ० बजेबाट सुरू हुनेछ। सो बैठक भर्चूयल माध्यमबाट सकेसम्म सबै लगानीकर्तालाई सहभागी गराउने ब्यबस्था गरेको छ ।

बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरूलाई लाभांश दिन सो सभामा पारित गर्न लागेको हो । सभामा सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार शेयरधनीहरूलाई ७.०३ प्रतिशतका दरले बोनस शेयर र ३.३७ प्रतिशतका दरले नगद लाभांश वितरण गरिने विशेष प्रस्ताव पारित गरिनेछ ।
यसका साथै, सो सभामा बैंकको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, तथा बित्तीय बिबरणको बारेमा छलफल गरि पारित गर्न लागेको हो । सोही सभाबाट आ.व. २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक तोक्ने, त्यस्तै जारि गरिने बोनस शेयर को हद सम्म जारि पुजी तथा चुक्ता पुजी ब्रिदि गर्ने, मर्जर तथा एक्वीजिसनसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरिनेछ ।





सम्बन्धित समाचार