१४ मंसिर २०७७, आईतवार   63 पटक हेरिएको


image

चन्द्रागिरी हिल्स कम्पनीले पहिलो चरणको लागि यही मंसिर १७ गते बाट स्थानीय क्षेत्रका प्रभाबितहरुलाई जारी गर्दै छ भने दोस्रो चरणको साधारण शेयर पनि  सर्वसाधारणको लागि (IPO) निष्कासन गर्ने मिति तय भएको छ ।

कम्पनीले पुस १ गतेदेखि दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले सो आइपिओ पुस १ गतेदेखि बिक्री खुल्ला गर्नेछ । कम्पनीले दोस्रो चरणमा १५,३४,०९१ कित्ता सेयर बिक्री गर्ने जनाएको छ ।

कम्पनीले  १८,४०,९१० कित्ता शेयर निष्काशन गर्न बोर्डबाट कार्तिक २८ गते अनुमति पाएको थियो । जस मध्येको कम्पनीले १५,३४,०९१ कित्ता सेयर दोस्रो चरणमा बिक्री गर्ने भएको हो । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि ३,०६,८१९ कित्ता शेयर निष्काशन गर्न लागेका हो । दोस्रो चरणमा सर्वसाधारणको लागि बाकिँ सेयर निष्कासन गर्ने विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।





सम्बन्धित समाचार