
एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको ४ वटा कम्पनीहरुको संस्थापक समुहको सेयर आज (मसिर १४ गते, आइतबार) बाट बोलकबोल प्रक्रियाबाट बिक्री खुल्ला भएको छ ।
सिटिजन इन्भेस्टमेन्ट ट्रष्टको २,०२,५६० कित्ता, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १,९२,९९४ कित्ता, एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १,३९, ४७० कित्ता र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १,२५,७२६ कित्ता संस्थापक समुहको शेयर लिलामी प्रक्रियामार्फत आजबाट बिक्री खुल्ला गरिएको हो । यी कम्पनिको शेयर लिन आफुले लिन चाहेको कित्ता, दर रेट खुलाई यही मंसिर १९ सम्ममा गोप्य शिलबन्दी पेश गर्नुपर्नेछ ।

लगानीकर्ताहरुले बोलकबोल गर्दा सबै कम्पनीका हकमा न्यूनतम एक सय कित्ता वा सो भन्दा माथि १० ले भाग जाने गरि अधिकतम सम्पूर्ण कित्ता सेयरको लागि आवेदन दिन सक्नेछन् ।
उक्त सेयर बिक्री प्रवन्धको काम एनआइसी एशिया क्यापिटल लिमिटेडले गर्नेछ ।