१३ मंसिर २०७७, शनिबार   180 पटक हेरिएको


image

नेपाल स्टक एक्सचेञ्ज (NEPSE) ले सक्रिय लगानीकर्ता करिब साढे तीन लाख नाघेको जनाएको छ । अहिले बजार  निरन्तर बढ़ी रहेको समयमा दोस्रो बजारमा पनि लगानीकर्ताको भिड बढेको पाईएको छ । नेप्सेको पछिल्लो तथ्यांक अनुसार सक्रिय लगानीकर्ताहरुको संख्या ३ लाख ३८ हजार भन्दा  बढि भएको जनाएको छ । जस मध्ये अनलाईनबाट कारोबार गर्ने लगानीकर्ताहरु एक लाख ७५ हजार भन्दा बढ़ी रहेको नेप्सले जनाएको छ। साधारण शेयरमा लगानी गर्ने लगानीकर्ता पनि बढेको अहिलेको बजारबाट पनि थाहा पाऊन सकिन्छ ।

सबैभन्दा धेरै सक्रिय लगानीकर्ता ब्रोकर नम्बर १ अर्थात दिपशिखा धितोपत्र कारोबार कम्पनीसंग रहेको छ। दिपशिखामा २० हजार जना सक्रिय लगानीकर्ता रहेको नेप्सेले जनाएको छ। यस्तै, नासा सेक्युरिटिजमा पनि १६ हजार भन्दा बढी, सनी सेक्युरीटिज १६ हजार जना सक्रिय लगानीकर्ताहरु छन्। अनलाईन सेक्युरिटिजमा १२ हजार ६ सय ,आर्यतारा इन्भेस्टमेंटमा  ११ हजार र मिडास स्टकमा  १२ हनार ४, भिजन करिब १२ हजार लगानीकर्ताहरु छन् भने बाँकी ब्रोकर कार्यालयहरुमा २ हजार देखि १० हजारको हाराहारीमा सक्रिय लगानीकर्ताहरु छन्। सबैभन्दा कम अरुण सेक्युरिटिजमा २ हजार ८०३ जना, सगरमाथा सेक्युरिटिजमा ३२ सय १ जना, सेवा सेक्युरिटिजमा ३३ सय लगानीकर्ताहरु रहेको नेप्सेले जनाएको छ।

अनलाईनबाट कारोबार गर्ने लगानीकर्ताहरु नासा सेक्युरिटिजमा सबैभन्दा धेरै छन्। नासामा १७ हजार ७ सय १६ जना अनलाईन लगानीकर्ता रहेको जानकारी प्राप्त भएको  छ । यस्तै सनी सेक्युरिटिजमा पनि १६ हजार जना अनलाइन लगानिकर्ता  छन्। सबैभन्दा कम अनलाईन लगानिकर्ता अरुण सेक्युरिटिजमा छन् ।

तेस्तै अहिलेको बजारमा लगानीकर्ताहरु साधारण शेयरमा लगानी गर्नेहरु धेरै बढेको पाईएको छ । सक्रीय रुपमा लगानी गर्ने लगानीकर्ता ३ लाख ५० हजार पुगेका छन भने साधारण शेयरमा लगानी गर्ने लगानीकर्ताको सख्या ८ लाख भन्दा बढ़ी रहेको छ। भर्खर जारी गरेको जनरल इन्सुरेंन्स कम्पनीको शेयरमा लगानी गर्ने लगानीकर्ताको सख्या ७,९४,५४६ थियो यही तथ्यांकलाई हेर्ने हो भने अबको केही समयमा लगानिकर्ताको सख्या १० लाख नाघ्ने देखिन्छ ।





सम्बन्धित समाचार