१२ मंसिर २०७७, शुक्रबार   221 पटक हेरिएको


image

शेयर बजारमा धेरै जोखिम लिन नचाहनेले लगानी गर्ने भनेको प्राथमिक शेयर निस्कासन, म्युचुअल फन्ड हो , जून आज बाट बिक्री खुल्ला भएको छ । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने एनआईसी एसिया डाइनामिक डेप्टफन्डका इकाइहरु आज शुक्रबार मंसिर १२ गतेबाट बिक्री खुला गरिएको छ।

एनआईसी एसिया बैंक लिमिटेड कोष प्रवद्र्धक तथा एनआईसी एसिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेका यो खुलामुखी म्युचुअल फन्डका १० रुपैयाँ अंकित दरका ५० करोड रुपैयाँबराबरको ५ करोड इकाइमध्ये पहिलो चरणमा २ करोड इकाइ निष्कासन गरिएको हो। लगानीकर्ताहरुले न्यूनतम १०० इकाइदेखि अधिकतम ५० लाख इकाइसम्म खरिदका लागि आवेदन पेस गर्न सक्नेछन्।

यो योजनाको निष्कासन बन्द छिटोमा मंसिर १६ गते र ढिलामा मंसिर २६ गते बैंकिङ समयपछि हुनेछ। शेयर बजारमा राम्रो हरियाली छाएको बेला यस्मा पनि लगानी गर्ने लगानिकर्ता ईच्छुक रहेको देख्न सकिन्छ ।





सम्बन्धित समाचार