PalikaExpress
११ मंसिर २०७७, बिहीबार
855 पटक हेरिएको

पिपुल्स पावर लि.ले सर्बसाधारण मा प्राथमिक शेयर (आईपीओ) जारि गर्ने भएको छ । कम्पनीले कुल लगानीको ३० % बराबरको साधारणशेयर जारी गर्ने तयारी गरेको हो ।
आईपीओ(IPO) निष्काशनको लागि कम्पनीले प्रभु क्यापिटललाई आज मंसिर ११ गते बिहिबार शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने सम्झौता गरेको छ । संझौता पत्रमा पिपुल्स पावरका तर्फबाट सञ्चालक सन्तोष राज नेपाल र प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका हुन ।

साधारण शेयर निष्काशन गर्न कम्पनीको गत भदौ २७ गते सम्पन्न साधारण सभाले पारित गरीसकेको छ ।
कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणका लागि कूल शेयर लगानीको ३० प्रतिशत प्राथमियक शेयर निष्काशन गर्नेछ ।