११ मंसिर २०७७, बिहीबार   122 पटक हेरिएको


image

काठमाण्डौ । सेयर कारोबारमा आजको दिन पनि उछाल आएको छ। सेयर बजारले एतिहासिक कीर्तिमान कायम गरेको छ । बजारमा कारोबार सुरु भएको पहिलो २ घण्टाभित्र ४ अर्ब ३२ करोड बढीको सेयर कारोबारको नयाँ कीर्तिमान बनाएको छ । यो दिन नेप्से परिसूचकले अलटाइम हाई १८८१ को विन्दूलाई तोडेर १९०० माथिको यात्रामा लागेको छ । यसरी एकैदिन नेप्से परिसूचक र कारोबार रकमले समेत नयाँ कीर्तिमान बनाएको छ।
नेप्से सूचक र खरिदबिक्री रकम दुवैले अल टाइम हाइ रेकर्ड बनाएका हुन् । सेयर बजार बैंक ब्याजदर निकै तल्लो विन्दुमा आउनु त्यस्तै लगानीकर्ता मैत्री बजार हुन सक्नु नै बजार बढ्नु को मुख्य कारण रहेको शेयर जानकार दिपक कार्कीले बतांउनु भयो । वाणिज्य बैंक समूहले लीड गरेपछि नेप्सेले सजिलै यसअघिको उच्च रेकर्डलाई ब्रेक गरेको हो ।

बिहीबार नेप्से सूचक १८.४३ अंकले बढेर १८९३.२४ विन्दुमा आइपुगेको छ । २०१ कम्पनीको ७ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ भने १ करोड ७१ लाख ८८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

बजार बढेको छ भन्दैमा जथाभाबी कम्पनिमा लगानी गर्नु हुँदैन । यसले तपाइलाइ घातक निम्त्याउन सक्छ। राम्रा कम्पनिप्रति र खराब कम्पनि ख्याल गर्नुपर्ने हुन्छ। प्रतिसेयर आम्दानी, रिभर्ज, लाभांश वितरण क्षमता, कम्पनी सञ्चालक तथा व्यवस्थापन पछ्यको पूर्ण जानकारी लिनु पर्ने हुन्छ। अनि मात्र तपाइको लगानी सुरछित हुन सक्छ।





सम्बन्धित समाचार