११ मंसिर २०७७, बिहीबार   179 पटक हेरिएको


image

अरुण काबेली पावर  (AKPL)लिमिटेडले ६ प्रतिशत लाभांश  शेयरधनीहरुलाई प्रदान गर्ने निर्णय गरेको छ। अरुण काबेली पावर कम्पनिले आफ्नो बार्षिक साधारण सभा २०७७.०८.२२ गते  कम्पनीको सभा कक्ष बाट भर्चूयल माध्यमबाट संचालन गर्ने भएको छ ।

कम्पनीको २०७७.०७.२७  गते बुधबार बसेको संचालक समितिको  बैठकको निर्णय अनुसार आर्थिक वर्ष २०७६ /०७७ को मुनाफाबाट  ५.७१ प्रतिशत बोनस शेयर र ०.२९ प्रतिशत नगद लाभांश (बोनस शेयरको कर प्रयोजनार्थ) शेयरधनीहरुलाई प्रदान गर्ने निर्णय सो सभाले गरेको छ  । बार्षिक साधारण सभाबाट आ.ब २०७६/७७ को वासलात,नाफा नोक्सान हिसाब ,नगद प्रबाह बिबरण लगायतका बित्तीय बिबरणहरु छलफल गरि पारित गर्ने छ  ।

साथै सोही बैठकबाट  २०७७/७८ को लागी लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक पनि निर्धारण गर्ने छ । त्यसैले  कम्पनिले मंसिर ११ गते सम्म कायम शेयर धनिले मात्र सो लाभांश तथा बैठकमा सहभागी हुन पाउने जनाएको छ । मिति २०७७.०८.१२. गते देखि २०७७.०८.२१ सम्म बुक क्लोज मिति तय गरेको छ ।





सम्बन्धित समाचार