११ मंसिर २०७७, बिहीबार   100 पटक हेरिएको


image

एजेन्सी । फुटबल खेलको अहिलेसम्मकै खेलमा एक बिस्व प्रख्यात  महान खेलाडी डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको छ।यही नोभेम्बर महिनाको सुरुमा मस्तिष्कमा रगत जमेपछि सफलतापूर्वक उनको मस्तिष्कको शल्यक्रिया गरिएको थियो र उनको लागू पदार्थ ,मदिरामाथिको निर्भरताको पनि उपचार गरिँदै थियो। दुई साता अघि मात्र म्याराडोना अस्पतालबाट डिस्चार्ज भएका थिए ।उनको मस्तिष्कको ब्लड क्लोटको शल्यक्रिया गरिएको थियो ।म्याराडोनाले अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकपको उपाधि दिलाएका थिए ।मेक्सिकोमा भएको विश्वकपको फाइनलमा वेस्ट जर्मनीलाई ३-२ ले हराएको अर्जेन्टिनाले विश्वकप उपाधि जितेको थियो । त्यस समय म्याराडोना टिमका कप्तान रहेका थिए । अर्जेन्टिनाका लागि म्याराडोनाले १९७७ देखि १९९४ सम्म खेलेका थिए ।उनले अर्जेन्टिनाका लागि चारवटा विश्वकप खेले भने ९१ खेलमा ३४ गोल गरे। उनले अर्जेन्टिनाका लागि ९१ खेलमा ३४ गोल गरेका थिए । सन् २००८ देखि २०१० को विश्वकपसम्म म्याराडोना अर्जेन्टिनाको मुख्य प्रशिक्षक रहेका थिए ।

अर्जेन्टिनी फुटबल संघले म्यारोडोनाको निधनमा गहिरो दुःख प्रकट गर्दै उनी आफुहरूको हृदयमा रहिरहने जनाएको छ । म्याराडोनाले स्वदेशमा बोका जुनियर्स हुदैं युरोपमा बार्सिलोना, सेभिया र नेपोलीबाट क्लब फुटबल खेलेका थिए र नेपोलीलाई दुई पटक इटालीयन सिरी ‘ए’ को उपाधि दिलाएका थिए ।पछिल्लो समय उनी लागूऔषध सेवनमा फसेका थिए । १९९१ मा कोकिन सेवन गरेको पाइएपछि उनी माथी १५ महिनाको प्रतिबन्ध लगाइएको थियो । म्याराडोनाको निधनमा तीन दिन राष्ट्रिय शोक मनाइने अर्जेन्टिनाका राष्ट्रपति अर्बेर्टो फर्नान्डेजले घोषणा गरेका छन् । म्याराडोना विश्व फुटबलका महान खेलाडी मानिन्छन् । विश्व फुटबल महासंघले २००० मा म्याराडोना र ब्राजिलका पेले दुवैलाई शताब्दीका उत्कृष्ट फुटबलरको उपाधिबाट पुरस्कृत गरेको थियो ।अर्जेन्टिनी फुटबल एशोसिएसनले ट्वीटर सन्देशमा म्याराडोनाको निधनप्रति गहिरो दुख व्यक्त गर्दै भनेको छ, “तिमि सधैँ हाम्रो हृदयमा रहनेछौँ।”उनी आर्जेन्टिनाले सन् १९८६ मा विश्वकप जित्दा क्याप्टेन थिए। उनी सन् १९८२ को विश्व कप फुटबलबाट चर्चित बनेका थिए। त्यसबेला उनी २१ वर्षका थिए।आफ्नो खेल करिअरको दोस्रो खण्डमा उनी कोकिन जस्तो लागू पदार्थको लतमा परेर सङ्घर्ष गर्नु पर्‍यो।





सम्बन्धित समाचार