१० मंसिर २०७७, बुधबार   90 पटक हेरिएको


image

काठमाण्डौ । सेयर कारोबारमा आजको दिन पनि उछाल आएको छ। नेप्से परिसूचक अहिले सम्म कै रेकर्ड तोड्ने तर्फ लागिरहेको छ । कारोबारको सुरुवातदेखि नै बजारमा उच्च खरीद चाप देखिएको बैंकिंग समूहको उपसूचकमा उछाल आएसँगै समग्र बजार परिसूचकमा रेकर्ड तोड्ने तर्फ लागिरहेको अवस्था मा पुगेको हो । पछिल्लो समय निरन्तर उकालो लागेको नेप्से परिसूचक बुधबार एकैदिन ६४.७० अंकले बढेर १८७४.८१ अंक पुगेको छ ।

यस दिन १९६ कम्पनीको ४ अर्ब ९८ करोडको सेयर कारोबार भएको छ । एक करोड ४३ लाख ७० हजार कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी नेको इन्स्योरेन्सको प्रमोटर सेयर किनबेच भएको छ । इन्स्योरेन्सको ४२ करोड २९ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर प्रति शेयर रु १०० मा कारोबार भएको छ । बजारमा होटल समूह बाहेक सबै समूह हरिया देखिएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा ३१६ अंकले बढेको छ । होटल समूह सामान्य अंकले घटेको छ । त्यस्तै, उत्पादनमूलक ३००, जीवन बीमा १९०, ट्रेडिङ्ग १७९ र माइक्रोफाइनान्स १०६ अंकले बढेको छ ।





सम्बन्धित समाचार