१० मंसिर २०७७, बुधबार   152 पटक हेरिएको


image

मंगलबार बसेको सीसीएमसी निर्देशक समितिको बैठक ले संक्रमणको जोखिमको अवस्था मूल्यांकन गरी सबै देशहरूमा उडान खुला गर्ने निर्णय गरेको छ । कोभिड—१९ संकट व्यवस्थापन केन्द्र ले उडानका लागि स्वीकृति पाएका मुलुकबाहेक अन्य मुलुकमा पनि आवश्यकताअनुसार उडान अनुमति दिने निर्णय गरेको हो ।
संक्रमणको जोखिम मूल्यांकन गरी अन्य मुकुलमा पनि आवश्यकताअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित उडानको अनुमति दिने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताए । “नियमित उडान स्वीकृति भएका देशका अलावा संक्रमणको जोखिम मूल्यांकन गरी अन्य मुलुकमा पनि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आवश्यकताअनुसार क्रमशः नियमित उडान अनुमति दिँदै जाने निर्णय भएको छ ।
विभिन्न सरकारी कार्यालयहरूमा एक/दुई जनामा संक्रमण पोजेटिभ देखिने वित्तिकै सम्पूर्ण सेवा बन्द गर्ने चलन चल्दै आएपनि अब त्यस्तो नहुने मंगलबार बसेको सीसीएमसीको बैठकले निर्णय गरेको छ ।





सम्बन्धित समाचार