१० मंसिर २०७७, बुधबार   275 पटक हेरिएको


image

दोलखा । दोलखाको भीमेश्वर मन्दिरमा रहेको भीमसेनको मुर्तिमा पसिना आएको छ । दिउँसो १ बजेर ४३ मिनेट जाँदा पसिना आएको र अहिले पनि पसिना निरन्तर आइरहको भिमेश्वर नगरपालिका वडा नं २ का वडा अध्यक्ष विराजन श्रेष्ठले जानकारी दिनुभयो । भीमसेनलाई पसिना आएको यो १८ औं पटक हो ।

भीमसेनलाई पसिना आउँदा देशमा अनिष्ट वा शुभ नहुने धार्मिक मान्यता रहँदै आएको छ । यस गत वर्ष फागुन ८ गते १७ औं पटक भीमसेनलाई पसिना आएको थियो ।वडा अध्यक्ष श्रेष्ठले दायाँ पट्टिबाट पसिना आउँदा राजापक्षलाई र बायाँपट्टिबाट पसिना आउँदा जनतालाई अनिष्ठ हुने धार्मिक मान्यता रहँदै आएको बताउनु भयो । उहाँले अहिले मुर्तिको दुवै तिर पसिना आएको बताउनु भयो। उहाँले भन्नुभयो ‘यसको प्रभाव के पर्छ भन्न सकिन्न, अहिले पूजाआजा चलिरहेको छ, पसिना पुछेर राष्ट्रप्रमुखको मा लैजाने परम्परा छ त्यसै अनुसार गरिन्छ ।’ श्रेष्ठले पसिना आजै पठाउने तयारी भैरहेको र भोली या पर्सिसम्ममा राष्ट्रपतिको समय मागेर हस्तान्त्रण गरिने बताउनु भयो । उहाँले त्यस पश्चात क्षमा पूजा गर्ने र त्यसको प्रसाद पनि राष्ट्रपतिलाई पठाइने जानकारी दिनु भयो।





सम्बन्धित समाचार