PalikaExpress
९ मंसिर २०७७, मंगलवार
592 पटक हेरिएको

नेपाल पुनर्बीमा कम्पनी (NRIC) लिमिटेडले कम्पनीमा रहेको लगानी योग्य रकम वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’ वर्गका बैंकमा १ देखि २ वर्षे अवधिका लागि लगानी गर्न लागेको एक सूचना मार्फत जानकारी दिएको छ ।

त्यसैगरी, कम्पनीले इच्छुक वाणिज्य बैंकहरुलाई आफूले राख्न चाहेको रकम, आफुले दिन सक्ने ब्याजदर र ब्याजदरको भुक्तानी अवधि तोकेर कोटेसन सम्बन्धी फारम भरि गोप्य शिलबन्दी गरि कम्पनीमा २०७७ मंसिर १५ गते सोमबारसम्म शिलबन्दी प्रस्ताव बुझाउन अनुरोध गरेको छ ।