९ मंसिर २०७७, मंगलवार   187 पटक हेरिएको


image

आज २०७७.०८.०९ गते मंगलबारको  शेयर बजारले उकालो यात्रा तय गरेको छ । शेयर बजार दोहोरो  अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक २९.६८ अंकले बढेर  १८१०.११ मा पुगेको छ । नेप्से १.६७ प्रतिशतले बढेको  हो । यस्तै सेन्सेटिभ परिसूचक भने ४.४२ अंकले बढेर ३४९.३७ मा पुगेको छ ।

कूल १९६ वटा कम्पनीको  एक करोड १७ लाख ४८ हजार ५ सय २० (11,748,520)कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब ४४ करोड २९ लाख ५० हजार एक सय ८९  (5,442,950,189) रुपैयाँको कारोबार भएको  नेप्सेले जनाएको  छ ।

आजको कारोबारमा सबै भन्दा बढ़ी कमाउनेमा बोटलर्स नेपाल ,हिमालयन डिस्टीलरी,बिशाल बजार कम्पनी आदि रहेको छ भने  गुमाउने कम्पनीमा सोल्टी होटल,सप्तकोशी डेभलप्मेट बैंक, जानकी फाईनान्स , आदि कम्पनी रहेको छ । सबै भन्दा बढ़ी शेयर कारोबार NIC ASIA , नेपाल टेलीकम ,नेपाल पुनर्बीमा कम्पनी आदि कम्पनीको रहेको छ ।





सम्बन्धित समाचार