९ मंसिर २०७७, मंगलवार   160 पटक हेरिएको


image

मेष 

इज्जत तथा प्रतिष्ठामा बृधि हुनेछ। आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च गरे अनुसार को अवसरले पछ्याउनेछन्। मेहनत गर्दा फल प्राप्त हुनेछ। नसोचेको कार्य पुरा हुनाले मन हर्षित रहनेछ । धार्मिक कार्यमा सहभागी हुने अवसर छ ।

वृष 

साथी भाईको  साथ र सहयोगले कामहरु पूरा  होला। नयाँ व्यवसाय सुरु गर्ने मौका छ। महत्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ।

मिथुन 

विभिन्न अवसर आऊन सक्नेछं ।परिवारको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ। मनमा खिन्नता आउनेछ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ। धर्मकर्ममा  समय बित्ने छ । नया कार्य गर्दा विचार गरेर मात्र गर्नु होला। यात्रा हुनसक्छ ।

कर्कट 

राजनैतिक कार्यमा बाधा आउनेछ ।आज भ्रमण, खानपान तथा फेसनमा धन खर्च बढ्नेछ  सानातिना समस्यामा अल्झिनुपर्नेछ ।चुनौतीहरू आफै हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्।

सिंह 

व्यवसायमा लगानी बढाउने अबसररहेको छ । परिवारको साथ र सहयोग पाइनेछ । रमाइलो अबसरहरु आउनेछ। धार्मिक तथा समाजिक सेवामा मन जानेछ । शुभ समाचार ले मन प्रसन्न रहनेछ । सुरुमा केही खर्च लागे पनि सोचेको काम बन्नेछ।

कन्या 

प्रतिष्ठाका लागि नचाहिदो खर्च समेत गर्नुपर्ने हुन सक्छ। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ हुनेछ।रोकिएका काम बन्नाले मनग्य लाभ हुनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ।  परिवेश उल्लासमय रहे पनि बाध्यताले निरीह बनाउन सक्छ।

 तुला 

व्यापार ब्यबसाय बाट मनग्य आम्दानी होला नयाँ कारोबारको थालनी हुनसक्छ ।प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने समय छ । बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ।

वृश्चिक 

साथी भाईको सहयोग प्राप्त गर्न सकिएला । विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। व्यापार ब्यबसायबाट लाभ मिल्नेछ। सामान्य विवाद नहोला भन्न सकिन्न | हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ।

 धनु 

खान पान तथा मनोरंजनमै समय बित्ला। काममा सुधार आउनुका साथै आस मारेको काम बन्नाले उत्साहित भइनेछ। अधुरा कामहरु  सम्पन्न हुने योग रहेको छ । ठुलाबडाको संगत होला, लामो तथा छोटो दुरीको यात्रा हुन सक्छ । समुदायको हितमा गरिएका कामको तारिफ हुनेछ।

 मकर 

लगनशीलताले महत्वपूर्ण काम दिलाउन सक्छ। मानसम्मान पनि पाइनेछ। आज आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । साथी भाईबाट साथ सहयोग मिल्ने देखिन्छ । सामान्य कामबाट राम्रो लाभ उठाउन सकिनेछ।

कुम्भ

अध्ययन अध्यापनमा प्रगति हुनेछ। आज आयस्रोत पनि सबल बन्ने देखिन्छ।  एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । मनोरंजनमा समय बित्नेछ । विभिन्न अवसर प्राप्त हुने छ । रमाइलो यात्राको योग रहेको छ। सानो प्रयत्नले दिगो काम प्रारम्भ गर्न सकिनेछ।

मीन 

दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ। विशिष्ट व्यक्तित्वको सहयोगले कार्यहरु सफल हुनेछन । जागिर तथा नोकरीबाट लाभ हुने समय आएको छ।  मानसम्मान, प्रतिष्ठा प्राप्त हुनाले मनमा हर्ष हुनेछ । पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।

तपाईको आजको दिन शुभ रहोस !!!





सम्बन्धित समाचार