८ मंसिर २०७७, सोमबार   218 पटक हेरिएको


image

तिहार सकिए लगतै लगातार चम्कीएको शेयर बजार आज भने केहि करेक्सनमा  खुम्चिएको छ ।हिजो आईतबार मात्र नेप्सेको ईतिहासमा सबै भन्दा बढी कारोबार गरेको थियो भने आज सोमवार नेप्से २.३८ अंकले घटेको छ ।

नेप्सेसँगै आज कारोवार रकममा समेत ठुलो गिरावट आएको छ । आज ४ अर्व ७६ करोड भन्दा धेरैको कारोवार भएको छ । आइतवार मात्र नेप्सेले कारोवारको  किर्तिमानी ऐतिहासिक कारोबारमा ६ अर्ब ९० करोड बराबरको कारोबार गरेको थियो ।

नेप्से घटे पनि आज यी कम्पनीको शेर मूल्यमा सकारात्मक कारोबारमा बृद्धि भएको छ । कारोवार भएका शेयरहरु मध्ये नेपाल बैक , नेपाल पुनर्बीमा कम्पनी, हिमालयन डिस्टलरी,नेपाल लाईफ  आदि कम्पनीको   आज सबै भन्दा धेरै कारोवार भयो ।

आज १ सय ९९ कम्पनीको शेयर कारोवार भएको थियो । लगातार बढिरहेको नेपाल पुनर्बीमा कम्पनीको शेयर मुल्य आज भने सामान्य अंकले घटेको छ भने कारोवार धेरै हुनेमा यो कम्पनी दोस्रो नम्वरमा रहेको छ ।





सम्बन्धित समाचार