८ मंसिर २०७७, सोमबार   86 पटक हेरिएको


image

कुमारी बैंक लिमिटेडले २० औ वार्षिक साधारण सभा आह्वान गरेको छ ।  बैंकको मंसिर ५ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको २० औ  वार्षिक साधारण सभा मंसिर २९ गते सोमबार  काठमाडौँमा बिहान ११:३० बजेबाट सुरू हुनेछ। सो बैठक  भर्चूयल माध्यमबाट सकेसम्म सबै लगानीकर्तालाई सहभागी गराउने ब्यबस्था गरेको छ  ।

बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरूलाई १४ प्रतिशत लाभांश दिन सो सभामा पारित गर्न लागेको हो । सभामा सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार शेयरधनीहरूलाई १०.८५ प्रतिशतका दरले बोनस शेयर र ३.१५ प्रतिशतका दरले नगद लाभांश  वितरण गरिने विशेष प्रस्ताव पारित गरिनेछ ।
यसका साथै, सो सभामा बैंकको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, तथा बित्तीय बिबरणको बारेमा छलफल गरि पारित गर्न लागेको हो । सोही सभाबाट आ.व. २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक तोक्ने, मर्जर तथा एक्वीजिसनसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरिनेछ ।

त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि मंसिर १५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।





सम्बन्धित समाचार