८ मंसिर २०७७, सोमबार   269 पटक हेरिएको


image

पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ।
यात्रु भने गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए। दुर्घटनाबाट पोखराको लेकसाइड बस्दै आएका फिस्टेल प्याराग्लाइडिङका ३८ वर्षीय राजु गैरे नेपालीको मृत्यु भएको हो।
उक्त घटना सोमबार दिउँसो करिब एक बजे भएको हो। गम्भीर घाइते भएका गैरेलाई उपचारको लागि मेट्रो सिटी अस्पतालमा पुर्‍याउँदा करिब पौने २ बजे मृत्यु भएको थियो।

ल्यान्ड हुनु पर्ने स्थानभन्दा डेढ-दुई किलोमिटर माथि खसेको हो। प्याराग्लाइडिङकी यात्रु काठमाडौं बुढानिलकण्ठ नगरपालिका-२की २८ वर्षीया शीला श्रेष्ठ गम्भीर घाइते भएकी छिन्। उनको उपचारको लागि
मेट्रो सिटी अस्पतालमा लगिएको छ।
अस्पतालले उनलाई थप उपचारका लागि काठमाडौंमा रिफर गरेको छ। उनको छाती, ढाड, खुट्टा, हातमा चोट लागेको छ।
‘प्याराग्लाइडिङ दुर्घटना क्याम चोक भन्ने ठाउँमा खसेको हो, कति उचाइबाट खसेको र कसरी खसेको भन्ने अनुसन्धान भैरहेको प्रवक्ता हमालले बताए।





सम्बन्धित समाचार