८ मंसिर २०७७, सोमबार   750 पटक हेरिएको


image

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड (STC)ले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको ५३ औं वार्षिक साधारणभा २०७७ मंसिर ३० गते काठमाडौंमा विहान ११:०० बजे हुने भएको छ । सभा भर्चूयल माध्यम मार्फत संचालन गरिने भएको छ ।

सो सभाबाट  संचालक समितिको अध्यक्षबाट  प्रस्तुत हुने आर्थिक बर्ष २०७६/७७ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण,नगद प्रबाह बिबरण माथि छलफल गरि पारित गर्ने र आ.ब. २०७७/७८ को लेखापरिक्षण गर्न लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने छ ।

सो सभाले संचालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट २५% बोनस सेयर र १०% नगद लाभांश पारित गर्नेछ ।

२०७७ मंसिर १४ सम्म कायम सेयरधनीहरुले मात्र सभामा प्रतिनिधित्व गर्न र लाभांश दावी गर्न पाउनेछन् ।





सम्बन्धित समाचार