८ मंसिर २०७७, सोमबार   131 पटक हेरिएको


image

एनआइसी एसिया(NIC ASIA) बैंकले यही मंसिर २१ गते   तेइसौं वार्षिक साधारण सभा बोलाएको छ मिति २०७७.०७.२६ गते  बुधबार बसेको सञ्चालक समितिको बैठकले मंसिर २१ गते सभा गर्ने निर्णय गरेको हो ।

सभा बैंकको रजिष्टार्ड कार्यालय थापाथली, काठमाडौंमा बिहान ९ बजे सुरु हुने जनाएको छ र सभा भर्चूयल माध्यमबाट हुदै छ ।
एनआइसी एसियाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १९ प्रतिशत बोनस र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । सो सभाबाट  बैंकले २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

बैंकले साधारण सभा प्रयोजनका लागि मंसिर १० गतेबाट मंसिर २१ गतेसम्म बुक क्लोज गर्नेछ । मङ्सिर ९ गतेसम्म नेप्सेमा कायम कारोबार भई कायम भएको  शेयरधनीहरुले मात्र साधारसभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।





सम्बन्धित समाचार