८ मंसिर २०७७, सोमबार   84 पटक हेरिएको


image

ग्लोबल आईएमई बैंक लिमिटेडले मुस्ताङको घरपझोङ गाउपालिका अन्तर्गत घरपझोङ मा नयाँ शाखा विस्तार गरेको छ। बैंकले आइतबारदेखि मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरूको संख्या दुई सय ६४ पुगेको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले ग्लोबल आईएमई बैंकले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउन्टर तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले ७३ वटा जिल्लामा फैलिएको दुई सय ६४ शाखा सञ्जालसहित दुई सय ३८ एटीएम, ४५ एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर, दुई सय ३१ शाखारहित बैंकिङ सेवा कार्यालयमार्फत आफ्ना २१ लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।





सम्बन्धित समाचार