८ मंसिर २०७७, सोमबार   455 पटक हेरिएको


image

महुली लघुवित्त वित्तीय संस्था लिमिटेड र नवकिरण लघुवित्त वित्तीय संस्था लिमिटेडले आज २०७७.०८.८ बाट  एकीकृत कारोबार थाल्ने भएका छन् । अब दुई कम्पनी मर्जरपश्चात महुली लघुबित्त बित्तीय संस्था लिमिटेड को नाम बाट एकिकृत कारोबार गर्ने छ ।

नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर प्रक्रिया सम्पन्न गर्न दुवै संस्थालाई कार्तिक १९ गते अन्तिम स्वीकृती प्रदान गरेको थियो । दुवै कम्पनीको वैशाख १७ गते सम्पन्न विशेष साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए । यस्तै, कम्पनी रजिष्ट्रार कार्यालयले पनि कार्तिक २४ गते स्वीकृती प्रदान गरिसकेको छ ।

आज २०७७.०८.०८ बाट दुई संस्थाले एकिकृत कारोबार  सुरु गरिने भएको हुंदा Data Migration प्रयोजनका लागि २०७७.०८.०७ का  सबै कार्यालय बन्द गरेको थियो





सम्बन्धित समाचार