८ मंसिर २०७७, सोमबार   62 पटक हेरिएको


image

मेष 

वैदेशिक यात्रा हुनसक्छ । साथीभाई तथा इष्टमित्रसंगको भेटघाटले आजको दिन हर्सोल्लासका साथ बित्नेछ । ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ । धार्मिक कार्यमा रूचि बढ्नेछ । पढाई लेखाइमा प्रगति हुनेछ । अधुरा काम बन्नाले मन उत्साहित हुनेछ । घरायसी समस्या बढ्नेछ।

वृष 

दीर्घकालीन  फाइदा हुने काममा जग बसाउने मौका छ। सफलयात्रा हुनेछ । आज नयाँ कार्यको योजना बन्नेछ । व्यावसायिक अल्झन देखा पर्ला । कार्यमा उत्साह बढ्नेछ। प्राविधिक क्षेत्र सबल बन्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइएला ।

मिथुन 

धर्मकर्म तथा परोपकारी काममा सहभागी हुने समय रहेको छ । अध्ययन, अध्यापन मा रुची बढनेछ ।  मानसिक चिन्ता बढेपनि श्रमको उचित मुल्याङ्कन हुनेछ । जागिर तथा नोकरीमा पदोन्नती हुने समय छ | आफन्तको प्रगतिले मन रमाउनेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । अरूको विश्वास घट्नेछ।   सुसमाचर सुन्ने अवसर आउनेछ ।

 कर्कट 

आज को दिन कुनै नयाँ कार्यको थालनी नगरे फाईदा होला । लगनशीलताले अप्ठ्यारा समस्या सुल्झाउँदै सामाजिक प्रतिष्ठा दिलाउनेछ। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि खान पिनमा ध्यान पुर्याउनुहोला। शत्रु पक्ष बलवान हुनेछन बोल्दा विचार गरेर मात्र बोल्नुहोला  । रोकिएको काम बन्नाले उत्साह जाग्नेछ। परिवार जन बाट आज सहयोग को अपेक्षा नगर्दा राम्रो हुनेछ | ।

 सिंह 

मन प्रफुल्ल हुनेछ । सुखदुखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। आँटेका काम बन्नाले जोश जाँगर बढ्नेछ। तीर्थयात्रा तथा मठ मन्दिरमा समय बित्नेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष अवसर हात पार्न सकिनेछ। अध्ययन तथा अध्यापन मा रुची होला । अशुभ समाचारले मन खिन्न होला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ ।

 कन्या 

धन सम्पति तथा मानसम्मान  प्राप्त हुनाले मन प्रसन्न रहनेछ ।दीर्घकालीन  फाइदा हुने काममा जग बसाउने मौका छ । ब्यापार ब्यबसायबाट प्रसस्त लाभ मिल्नेछ भने रचनात्मक कामले आम्दानीको दिगो स्रोत जुट्न सक्छ। अली टाढाको यात्रा हुने संभावना रहेको छ  । अधुरा काम बन्नाले नया कार्य मा मन जानेछ । सुसमाचर पाउनाले परिवारजनमा खुसि छाउनेछ ।

 तुला 

दीगो फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। विशिष्ट व्यक्ति, तथा साथी भाईको  सहयोग पाईनेछ । शुभकार्यको चर्चा चल्नेछ । विद्या र बुद्धिके विकास हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । काममा केही अलमल तथा ढिलासुस्ती हुन सक्छ। मेहेनत र  लगनशीलताले समयलाई बदल्नेछ।

वृश्चिक 

धार्मिक कार्यमा रुची होला । साथीभाइसँग असमझदारी बढ्नेछ । तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। आजको यात्रा फलदायी रहनेछ ।  प्रेम सम्बन्ध अझै निकट हुने दिन रहेको छ समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन्। धन तथा मान प्राप्त हुनाले मन प्रसन्न हुनेछ ।

 धनु 

धार्मिक कार्यमा रुचि बढ्नेछ । मनमा शान्ति अनि मुहारमा कान्ति आउनेछ । नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ लामो दुरीको यात्रा हुनेछ । व्यापार ब्यबसाय बाट प्रशस्त लाभ हुनेछ । परोपकारी काममा समय बित्नेछ । खानपान तथा मनोरन्जनमै आजको दिन बित्नेछ  । मानसिक चिन्तन एवं पराक्रम बढ्नेछ ।

 मकर 

आजको दिन नयाँ कार्यको सुरुवात गरेमा सफलता हुनेछ । धार्मिक कार्यमा रुची तथा  तिर्थयात्रा गर्ने समय रहेको छ । समाजमा आफ्नो प्रभाव बढ्नेछ। जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। नसोचेको काम बन्नाले काममा उत्साह जाग्नेछ। काममा विभिन्न अवसर पाइनेछ।

 कुम्भ

धन सम्पति,ईनाम ,प्रतिष्ठा  कमाउने बेला छ। कार्यक्षेत्रमा प्रगति हुनेछ । आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रेमीको सहयोग मिल्नेछ । धार्मिक कार्यमा रुची बद्नेछ, । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला।

 मीन 

आर्थिक तथा सामाजिक पक्ष सवल हुनेछ । अध्ययन अध्यापनमा प्रगति हुनेछ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। शुभचिन्तकहरू समेत टाढा हुने समय छ। जागिर तथा नोकरीबाट लाभ होला । धेरै लगानी गर्दा कममात्र फाइदा हुनेछ।  विदेशयात्राको अवसर जुट्न सक्छ।

तपाईको आजको दिन शुभ रहोस !!!





सम्बन्धित समाचार