७ मंसिर २०७७, आईतवार   1415 पटक हेरिएको


image

नवौ रास्ट्रीय कर दिबस २०७७ को अवसरमा  आन्तरिक राजश्व कार्यालयले एक सूचि निष्काशन गरेको छ  , जसमा गत आर्थिक वर्षमा सबैभन्दा बढी कर तिर्ने कम्पनीको सुचिमा पहिलो सूर्य नेपाल प्रा.लि ,डाबर नेपाल प्रा.लि दोस्रो आदि रहेको छ भने लघु बित्तमा छिमेक लघुबित्त , बैंकमा नबिल बैंक ,बिमा ब्यबसायमा  नेपाल पुनर्बीमा कम्पनी परेका छन  भने   जसलाई  पहिलो भएका कम्पनीहरुलाई आन्तरिक राजश्व कार्यालयले सम्मानित गर्ने भएको छ ।

नेपाल पुनर्बीमा ठूला बीमा व्यवसाय मध्येबाट सबैभन्दा धेरै कर तिर्नेको सूचिमा परेको छ । उता, गत वर्षको सबैभन्दा बढि कर तिर्नेहरुमा व्यक्तिगततर्फबाट बिजय कुमार शाह परेका छन् । उहाँ जावलाखेल ग्रुप अफ कम्पनीका अध्यक्ष तथा मदिरा उद्यमी हुन् । रुस्लान भोड्का लगायतका दर्जनौं चर्चित ब्राण्डका मदिराहरु नेपाल तथा विदेशमा समेत बिक्री हुने गर्दछ ।

आन्तरिक राजश्व कार्यालय करदाताको पहिलो नम्वरको सूचिमा सबैभन्दा बढी कर तिर्ने १५ करदाताको सूचीमा आईएमई, कामना सेवा विकास बैंक, अग्नि इन्कर्पोरेट, भिएफ सर्भिस (मौरिसस) र घोराही सिमेन्टलाई समेत समावेश गरेको छ ।

त्यस्तै , कर्मचारी तर्फ उत्कृष्ट कार्य सम्पादनको आधारमा शालिकराम आचार्य पहिलो तथा देश भरिका कार्यालय अन्तरगत  कार्यसम्पादन परिसुचकका आधारमा     आंतरिक राजस्व कार्यालय बागलुंग पहिलो भएको छ भने सिमरा ,धुलिखेलका कार्यालय दोस्रो र तेस्रो भएका छन ।





सम्बन्धित समाचार