७ मंसिर २०७७, आईतवार   50 पटक हेरिएको


image

अपि पावर कम्पनी लिमिटेडको १६ औ र १७ औ वार्षिक साधारण सभा भोलि २०७७ मंसिर ८ गते हुँदैछ ।

उक्त सभा  कम्पनीको प्रधान कार्यालय, ट्रेड टावर, थापाथली काठमाडौंमा विहान ११:३० बजे हुने भएको छ । सो साधारण सभा भर्चुअल माध्यम  मार्फत संचालन गरिने छ । कम्पनीको  कार्तिक १४ गते शुक्रबार बसेको  सञ्चालक समितिको  बैठकले  सो निर्णय  गरेको थियो ।

सभामा आर्थिक वर्ष २०७५/७६ को खुद मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र आर्थिक वर्ष २०७६/७७ को खुद मुनाफाबाट चुक्ता पूँजीको ९ प्रतिशत गरी कुल १४ प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यसका साथै, आर्थिक वर्ष २०७५/७६ को बोनस शेयरको कर प्रयोजनको लागि ०.२६ प्रतिशत र आर्थिक वर्ष २०७६/७७ को बोनस शेयरको कर प्रयोजनको लागि ०.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि रहेको  छ ।

यो सभाले संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष२०७५/०७६ , २०७६/७७ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्ने छ र आर्थिक बर्ष २०७७/७८ को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने छ ।

यही मिति २०७७.०८ ०१देखि मंसिर ०७ गते सम्मको दिनलाई बुक क्लोज को मिति तय गरेको छ  । आ ब. २०७६/७७ को लाभांश को लागि मंसिर ०१ को अघिल्लो दिनसम्म कायम सेयरधनीहरुले मात्र सो बार्षिक साधारण  सभामा प्रतिनिधित्व गर्न र लाभांश प्राप्त  गर्न पाउनेछन् ।





सम्बन्धित समाचार