७ मंसिर २०७७, आईतवार   200 पटक हेरिएको


image


साताको पहिलो दिन शेयर कारोबारमा इतिहास रचेको छ , जसले गर्दा लगानीकर्तामा थप उत्साह थपिएको छ ।
पछिल्लो समय लगातार बढ्दै गएको कारोबार रकमले आइतबार पनि रेकर्ड ब्रेक गरेको छ। यस दिन करिब ६ अर्ब ९० करोड बराबरको कारोबार भएको छ। यस दिन नेप्से भने ४.६९ अंकले बढेको छ।

बिहिबार भने सेयर बजारमा ६ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ रुपैयाँको कारोबार भएसँगै इतिहास रचेको थियो । सेयर बजारको अहिले सम्मकै इतिहासमै कारोबार रकममा सवै भन्दा धेरै कारोबार भएको जनाएको छ । आइतबार उक्त रेकर्डलाई ब्रेक गर्दै झण्डै साढे ६ अर्ब ९० करोड रुपैयाँको शेयर करोबार भएको छ।

कोरोनाको कारण अन्य क्षेत्रमा लगानीको अवसर कम हुँदा शेयर बजारमा लगानी बढेको छ। पछिल्लो समय कारोबार रकम दैनिक बढ्दै गइरहेको छ। यसले अरु क्षेत्रमा लगानीको सम्भावना कम हुँदा शेयर बजारमा लगानीकर्ताको आकर्षण बढेको शेयर जानकार दिपक कार्कीले पालिका एक्सप्रेस लाई बताउनु भयो ।





सम्बन्धित समाचार