
कुमारी बैंक लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको २० औं वार्षिक साधारणभा २०७७ मंसिर २९ गते काठमाडौंमा विहान ११:३० बजे हुने भएको छ । सो साधारण सभा भर्चुयल माध्यम मार्फत संचालन गरिने छ ।
यो सभाले संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७६/७७ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्ने छ र आर्थिक बर्ष २०७७/७८ को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने छ ।

२०७७ .०७.२१ गते बसेको सभाले प्रस्ताव गरेको आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १०.८५% बोनस सेयर र ३.१५% नगद लाभांश पारित गर्नेछ । हाल यस कम्पनीको चुक्तापुँजी १२ अर्ब ५२ करोड रहेको छ ।
यही मिति २०७७.०८ १५ को दिनलाई बुक क्लोज को मिति तय गरेको छ । मंसिर १४ सम्म कायम सेयरधनीहरुले मात्र सो बार्षिक साधारण सभामा प्रतिनिधित्व गर्न र लाभांश प्राप्त गर्न पाउनेछन् ।