७ मंसिर २०७७, आईतवार   62 पटक हेरिएको


image

मेष 

रमाइलो गर्ने अवसर प्राप्त हुनेछ । पारिवारिक प्रेम बढ्नेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। तर परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ला । मध्याह्न तिर मनमा त्रास बढ्नेछ । यात्रा गर्दा साबधानी अपनाउनु होला ।

वृष 

पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। नयाँ व्यवसाय सुरु गर्ने मौका छ। आज तपाईको  काम, दाम, नाम , इनाम र प्रतिष्ठा कमाउने बेला छ।

मिथुन 

धर्म कर्म तथा परोपकारी कार्यमा संलग्न भइनेछ । साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुने र प्रेमीको सहयोग प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । तपाईको लगनशीलताले मात्र सोचेको कार्य  पूरा गर्न सकिनेछ ।  समाजसेवामूलक काम सम्पादन गर्न सकिनेछ ।

 कर्कट 

आयस्रोत अलि कमजोर बन्नेछ भने फजुल खर्च बढ्न सक्छ। पशु चौपाया तथा सवारी साधनबाट नोक्सानी उठाउनु पर्ला। मिहिनेत गर्दा अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् । कालो कपडा तथा बस्तुबाट टाढा रहेमा राम्रो हुनेछ।। स्वास्थ्य कमजोर रहनाले औषधि–उपचारमा खर्च बढ्नेछ। आज यात्रा नगर्दा नै बेस  हुनेछ । चुनौतीभित्र अवसर खोज्ने समय छ।

 सिंह 

नयाँ नयाँ अवसरहरु आउनेछन् । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ। सन्तानबाट इज्जत तथा प्रतिष्ठा बढ्नेछ ।मन प्रफुल्ल हुनेछ। अध्ययन अध्यापनमा रुचि बढ्नेछ सुरुमा केही खर्च लागे पनि सोचेको काम बन्नेछ।

 कन्या 

साथी भाईको सहयोगले  व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ। आज गरेका  कार्य पनि धुरै रहनेछन । आजको दिन नयाँ कार्यको सुरुवात नगरेकै राम्रो हुनेछ । प्रशंसकहरू बढ्नेछन् र मानसम्मान समेत पाइनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै वशमा ल्याउन सकिनेछ । व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ।

 तुला 

आज आँटेको र ताकेको कार्य पुरा होला । अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम गर्ने मौका छ। वित्तिय संस्थाबाट सहयोग पाईनेछ । दिनको उत्तरार्धमा मन पर्ने व्यक्तिसँग भेटघाटपनि हुनेछ ।

वृश्चिक 

तपाईले गरेको मेहेनतको  प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। खर्च बढ्ने योग छ । स्वास्थमा प्रतिकुल असर पर्नेछ। व्यापार ब्यबसायबाट लाभ मिल्नेछ। बोल्दा सावधानी अपनाउनु होला। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। । रोकिएका काम नबन्न सक्नेछ्न ।  विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ।

 धनु 

व्यापारमा मनग्गे धनलाभ हुनेछ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ। तपाईंको अधुरा रहेका पुराना कार्य पुरा हुनेछन् । ठुला बढाको सहयोग पाइने समय छ। मन प्रफुल्ल होला। काममा सुधार आउनुका साथै आस मारेको काम बन्नाले उत्साहित भइनेछ। समुदायको हितमा गरिएका कामको तारिफ हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्।

 मकर 

बोल्दा सावधानी अपनाउनुहोला । लगनशीलताले महत्वपूर्ण काम दिलाउन सक्छ। मनमा रोगको भय रहिरहनेछ मानसम्मान पनि पाइनेछ। सानो प्रयत्नले फाइदा बढ्नेछ। व्यापारमा पनि प्रशस्त लाभ हुनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।  आर्थिक तथा सामाजिक रूपमा नोक्सानी बेहोर्नु पर्ला ।

 कुम्भ

धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । अधुरा काम बन्नेछन् । आर्थिक लाभ हुनेछ सुनौला अवसर आउनेछ्न । शुभकार्यको चर्चा चल्नेछ । राज्यबाट सहयोग मिल्नेछ । तपाईंको आजको दिन निकै फलदायी रहनेछ । काम गर्ने जोस जागर मा कमि आउने छैन । आजको दिन गरिव लाई सहयोग गर्दा अझ राम्रो हुनेछ।

 मीन 

विशिष्ट व्यक्तित्वको सहयोगमा विशेष अवसर पाइने समय छ। दीर्घकालीन कार्यको शुभारम्भ गर्ने अवसर जुट्नेछ। छर-छिमेकमा असमझदारी बढ्नेछ। खानपिन मा सावधानी अपनाउनुहोला स्वास्थमा समस्या आउनसक्छ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ। तपाईंको आजको दिन आर्थिक तथा सामाजिक पक्षबाट नकारात्मक प्रभाव पर्ने देखिन्छ ।

तपाईको आजको दिन शुभ रहोस !!!





सम्बन्धित समाचार