PalikaExpress
६ मंसिर २०७७, शनिबार
166 पटक हेरिएको

पश्चिम नवलपरासी, पश्चिम नवलपरासी जिल्लाको पाल्हीनन्दन गाँउपालिका ३ स्थित सीमा ईलाकाबाट मंसिर ०४ गते एपीएफ टोलीले श्रोत नखुलेको १६ लाख रुपैयाँ सहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारतमा घर बताउने २४ बर्षिय हरी दर्शन बनिया र ४९ बर्षिय बिनोद बनिया छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरपुरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।भारतबाट नेपालतर्फ आउँदै गरेका उनिहरुलाई एपीएफ टोलीले शंका लागी जाँच गर्दा उनीहरुको साथमा उल्लेखित रुपैयाँ फेला परेको थियो । त्यसबेला उनिहरुले उक्त रकमको श्रोत खुलाउन नसकेपछि सो रकमसहित पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीहरुलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइएको छ ।