६ मंसिर २०७७, शनिबार   56 पटक हेरिएको


image

मेष 

नयाँ व्यवसाय सुरु गर्ने मौका छ। काममा विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ।मुद्दा मामिलामा सफलता प्राप्त होला । स्वास्थ स्थिति सबल हुने छ  । पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ।  संचित धनमा पनि वृद्धि होला । आजको दिन तपाइको मनोबल पनि वृद्धि होला । महत्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

वृष 

नयाँ कामको शुभारम्भ गर्ने अवसर जुट्नेछ। विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। प्रेम बढ्ने तथा पत्नीबाट सुख प्राप्त होला । स्वास्थमा सुधार होला । धर्म कर्ममा रुची होला । आर्थिक दृष्टिले पनि आजको दिन राम्रो होला । साझेदारी ब्यबसायमा लाभ होला ।

मिथुन 

पार्टी तथा सेमिनारमा सहभागी भईएला । प्रयत्न गरे बढी फाइदा लिन सकिनेछ । पुनर्मिलनको योग रहेको छ । सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। रमणीय र सुखद् यात्राको योग छ । स्वास्थ्यमा सुधार होला । पशुपालन तथा पेसा ब्यबसायमा प्रगती तथा लाभ होला ।

 कर्कट 

कुनै पनि नया स्थानको भ्रमण होला । कुनै राम्रो कार्यमा धन खर्च होला । समय व्यस्त भए तापनि स्वास्थ्य राम्रो रहनेछ  । वैवाहिक आनन्दको संग बित्नेछ । आजको दिन नोकरी तथा जागिर बाट तनाब होला  ।  अध्ययन अध्यापनमा रुची बढ्नेछ ।

 सिंह 

आजको दिन मन प्रसन्न रहला, धन मान तथा प्रतिष्ठामा वृद्धि होला। नयाँ योजनातर्फ अग्रसर भइनेछ। अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। आजको दिन हरेक कार्यमा साबधानी अपनाउनुपर्ने देखिन्छ ।

 कन्या 

व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ। धर्मं कर्ममा तथा सामाजिक कार्यमा मन जानाले तिर्थस्थलहरुको यात्रा होला । आजको दिन अनेक नसोचेको धन आर्जन हुने योग रहेको छ  । सुरुमा केही खर्च लागे पनि सोचेको काम बन्नेछ।

 तुला 

प्रशंसकहरू बढ्नेछन् र मानसम्मान समेत पाइनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै वशमा ल्याउन सकिनेछ। साथी भाईको सहयोगीले व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ। असन्तुलित खानपानले पेटको समस्या आउने समय छ।  कृषि, पशुपालन तथा घरेलु कामकाजमा मन जानेछ  ।

वृश्चिक 

उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। नसोचेको ठाउँबाट धन प्राप्त हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । आर्थिक कारोवारमा सफलता पाइएला ।  मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। मान सम्मानका साथ  मनग्गे धन आर्जन गर्न सकिनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ।

 धनु 

 व्यापार ब्यबसायबाट लाभ मिल्नेछ। मिहिनेत गर्दा आयस्रोत बढ्नेछन् र उठ्नुपर्ने रकम हातलागी हुनेछ। भौतिक साधनबाट  राम्रो समाचार प्राप्त गर्न सक्ने सम्भावना छ। धार्मिक  कार्यमा सरिकहुने संभाबना छ । विभिन्न भौतिक साधन जुट्नेछन्। अध्ययनमा समय दिन नसकिए पनि नयाँ ज्ञान सिक्ने समय छ। विगतका कमजोरी सच्याउने मौका मिल्नेछ।

 मकर 

विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। काममा सुधार आउनुका साथै नसोचेको  काम बन्नाले उत्साहित भइनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। स्वास्थ्यका लागि खानपानमा अलि सजग रहनुहोला। आफन्तको साथ, सहयोग जुट्नेछ।

 कुम्भ

कुनैपनि नसोचेको स्थानबाट धन तथा मान प्राप्त होला । पैतृक सम्पतिको वृद्धि तथा प्राप्ति गराउला । आजको दिन आमाको साथ र सहयोग पनि पाइनेछ । खर्च तथा विवाद बढ्ने समय रहेकाले महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला। छर–छिमेकमा केही असमझदारी बढ्न सक्छ।

 मीन 

रमाइलो यात्राको योग रहेको छ। अध्ययन अध्यापनमा प्रगति हुनेछ। धनमान तथा यश वृद्धि गराउला । बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ। आजको दिन पढाईलेखाईतिर मन जाने हुनाले कुनै रचनात्मक क्रियाकलाप गरिएला ।

तपाईको आजको दिन शुभ रहोस !!!





सम्बन्धित समाचार