५ मंसिर २०७७, शुक्रबार   96 पटक हेरिएको


image

आज नेपाल डेमोक्रेटिक लयर्स एशोसियसन मकवानपुरले  स्थापना दिबसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको छ । स्वतन्त्र र सक्षम न्याय प्रणाली स्थापना गर्न एकतन्त्री अधिनायकवादी बिचार, ब्यवस्था र प्रबृत्तिका बिरुद्ध बिधिको शासन तथा लोकतान्त्रीक प्रणालीको स्थापनामा सतत प्रयत्नशील रहने उद्धेश्य राख्दै राष्ट्रियता, लोकतान्त्रिक समाजवादका मूल्य मान्यता तथा प्रक्रिया एवं मानव अधिकार, कानूनको शासन र सामाजिक न्यायको सिद्धान्त प्रति प्रतिबद्ध कानून ब्यवसायीहरुको साझा प्रतिनिधी संस्थाको रुपमा स्थापित नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएशनले  आज ३१ बसन्त पार गरेको शुभ उपलक्ष्यमा कार्यक्रम गरेको छ ।

सबै लोकतन्त्रवादी कानून व्यवसायीहरूलाई एकतावद्ध एवम् विधान र संगठनका प्रति पूर्ण आस्थावान रही स्वतन्त्र र सक्षम न्यायप्रणाली, विधिको शासन र लोकतान्त्रिक ब्यवस्थाको पक्षमा क्रियाशील र संघर्षशील रहने विवेक र सामर्थ्य मिलोस् भन्ने शुभेच्छा ब्यक्त गर्न नेपाल डेमोक्रेटिक लयर्स एशोसियसन मकवानपुरको आयोजनामा सबैधानिक कानुन र स्थानीय कानुन बिषयमा अन्तरक्रिया सहित २८ औ अधिबक्ता परिक्षा तयारी गरिरहनु भएका सहभागीलाई परिक्षाको बिषेश तयारी कक्षा समेत संचालन गरिएको थियो ।

नेपाल डेमोक्रेटिक लयर्स एशोसियसन मकवानपुरका अध्यक्ष श्री कृष्णप्रसाद न्यौपानेको सभापतित्वमा भएको सो कार्यक्रममा नेपाली काँग्रेस,नेपाल महिला संघ, नेपाल विद्यार्थी संघ, नेपाल ट्रेड युनियन काँग्रेस लगायतका प्रतिनिधिहरुले मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको दोश्रो सत्रमा २८ औं अधिवक्ताको परिक्षा तयारी गरिरहनु हुने सहभागीलाई अधिवक्ता सुबास अधिकारी , अधिवक्ता राधाकृष्ण मैनाली र अधिवक्ता कृष्णप्रसाद दाहालले सहजीकरण गर्नुभएको थियो ।

यो कार्यक्रमको संचालन डिएलए मकवानपुरका सचिब अधिवक्ता श्रद्धा ढुंगानाले गर्नुभएको थियो । कोभिड -१९ को संक्रमण जोखिमलाई मध्य नजर गर्दै सामजिक दूरी तथा स्वास्थ्य साबधानी अपनाउदै सिमित  सहभागीको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो ।





सम्बन्धित समाचार