५ मंसिर २०७७, शुक्रबार   746 पटक हेरिएको


image

एनआइसी एशिया क्यापिटलले धितोपत्र बोर्डबाट खुल्लामुखी म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने एनआईसी एशिया डाईनामिक डेब्ट फण्ड को लागी आहवान पत्र जारी गरेको छ ।

एनआइसी एशिया क्यापिटलको यो तेस्रो योजना हो । उक्त फन्ड ५० करोडको हुनेछ । धितोपत्र बोर्डले पहिलो चरणमा कम्पनीलाई १ करोड २५ लाख इकाइ (१२ करोड ५० लाख बराबर) निस्कासन गर्न अनुमति दिएको हो । यस फण्डको लागि दरखास्त न्यूनतम ईकाई संख्या १०० कित्ताको लागी दरखास्त दिनु पर्छ भने अधिकतमको लागी  ५०,००,००० कित्ता को दरखास्त दिन पाउने छ । म्युचुअल फन्डहरु को प्रति कित्ता १० रुपैया पर्दछ ।

यस म्युचुअल फन्डको लागी दरखास्त दिने मिति २०७७.०८.१२ देखि छिटोमा २०७७.०८.१६ सम्म र ढिलोमा २०७७.०८.२६  सम्म दिन पाउने छ ।





सम्बन्धित समाचार