५ मंसिर २०७७, शुक्रबार   53 पटक हेरिएको


image

मेष 

दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ। असन्तुलित खानपानले पेटको समस्या आउने समय छ।केहि नयाँ काम गरि हाल्ने वातावरण बन्न अलि कठिन रहेको देखिन्छ । सोचेको विपरित काम हुनाले मन अलि खिन्न हुने देखिन्छ । सुरुमा केही खर्च लागे पनि सोचेको काम बन्नेछ।

वृष 

आजको दिन दाम्पत्य जीवन सुखमय रहला ।  साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। कुनै नयाँ कार्यक्रमले परिवारमा उमंग तथा उत्साह छाउला । मान्यजनको सहयोग प्राप्त होला ।

मिथुन 

पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ । नयाँ व्यवसाय सुरु गर्ने मौका छ। महत्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शरीरमा कमजोरी अनुभूति हुनेछ। सोचेको उपलब्धि तत्काल नपाइएला। सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन्।

 कर्कट 

नयाँ कार्यको योजना बन्नेछ । भाग्यले तपाईंको साथ दिनेछ। अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ ।  यात्राको योग रहेको छ । शत्रुमाथि विजय मिल्ने समयछ । तपाईं आजको दिन धार्मिक तथा सामाजिक कार्यमा समय बित्नेछ,

 सिंह 

धार्मिक तथा पबित्र स्थानको यात्रा पनि हुनसक्छ । खर्च गर्ने बानी कम गर्नु होला धेरै खर्च नगर्नुहोस्। पारिवारिक जिम्मेवारी बढ्नेछ । तपाईंको मनमा तनाब बढ़ने छ ।  मेहनत गर्दा प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुनेछ। नयाँ योजना शुभारम्भ गर्ने समय छ।

 कन्या 

आजको दिन नयाँ नयाँ स्थानको भ्रमण होला । तर वैदेशिक क्षेत्रका कामहरू अधुरै रहलान।  तपाईले आटको  काम बन्ने छ। मेहेनतले  राम्रै उपलब्धि दिलाउनेछ। अध्ययन अध्यापनमा प्रगति हुनेछ। दीर्घ फाइदाको स्रोत पहिल्याउन सकिनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रयत्न गर्दा दिगो लाभ हुने काम प्रारम्भ हुनेछ।, व्यापार व्यवसायमा कम आम्दानी हुने योग रहेको छ  ।

 तुला 

शरीरमा केहि समस्या देखिन सक्छन् । स्वास्थ्यका लागि धन खर्च होला । काममा अबरोध नआउला भन्न सकिन्न । मानसिक चंचलता आउने छ । यात्राको राम्रो योग रहेको छ आजको दिन तपाईंको संचित धनमा चोर तथा शत्रुको भय रहला । नशा तथा खुट्टामा समस्या आउनसक्छ ।

वृश्चिक 

नोकरी तथा सामाजिक क्षेत्रमा मान सम्मान मिल्ला । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। वैदेशिक क्षेत्रको काम पनि बन्न सक्छ । मनमा शान्ति तथा अनुहारमा कान्ति छाउला, धन तथा वैभव प्राप्त होला।

 धनु 

नयाँ कामका लागि केही समय पपछि सुरु  गर्नुपर्ला । समुदायको हितमा गरिएका कामको तारिफ हुनेछ। काममा सुधार आउनुका साथै आस मारेको काम बन्नाले उत्साहित भइनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ।

 मकर 

मिहिनेत गर्दा सफलताको उचाइ प्राप्त गर्न पनि सकिनेछ। मानसिक चिन्तापनि बढ्न सक्छ । पार्टी  भोज भतेरमा  सहभागि हुने समय रहेको छ  ।  खानपानको सोखले स्वास्थ्य पनि प्रतिकूल बन्ने देखिन्छ। अवसर प्राप्त भए पनि चुनौतीसँग जुध्नुपर्ने समय छ।

 कुम्भ

दैनिकी  खर्चले चिन्ता बढाउन सक्छ । तपाईका प्रतिकुल रहेका व्यक्तिहरु पनि अनुकुल होलान। आफन्त र परिवारजनबाट टाढिनुपर्ला । आजको दिन पुर्ख्यौली सम्पत्ति प्राप्त होला । दीर्घ  योजनाका लागि ब्यय भार  बढ़न सक्छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। सामाजिक तथा साँस्कृतिक क्षेत्रमा मान सम्मान बढ्ला, ।

 मीन 

सञ्चित धन उपयोग गर्नुपर्ने हुन सक्छ। आजको दिन शैक्षिक तथा रचनात्मक कार्यमा पुर्ण सफलता होला। आवश्यकता भन्दा सोख पूरा गर्न बढी खर्च हुनेछ। मांगलिक कार्यहरू सम्पन्न होलान् , तरपनी संतानको गल्तीले आजको दिन अपमानित भएको महसुस होला। श्रमको उचित मूल्यांकन भए पनि तत्काल सोचेको मूल्य भने प्राप्त नहुन सक्छ।

तपाईको आजको दिन शुभ रहोस !!!





सम्बन्धित समाचार