४ मंसिर २०७७, बिहीबार   692 पटक हेरिएको


image

काठमाडौंको चर्चित पर्यटकीय स्थल  चन्द्रागिरी हिल्स लिमिटेडले प्राथमिक सेयर (आईपीओ) जारी गर्न अनुमति पाएको छ । केही समय अघि साधारण शेयर जारी गर्नको लागी नियामक निकाय धितोपत्र बोर्डमा निबेदन दिएका थिए ।  सो नियामक निकाय धितोपत्र बोर्डले चन्द्रागिरीलाई आईपीओ जारी गर्न अनुमति दिएको हो ।

बोर्डले चन्द्रागिरीलाई प्रतिकित्ता १ सय रुपैयाँका दरले साढे १८ करोड रुपैयाँ बराबरको सेयर जारी गर्न अनुमति दिएको हो । कुल १ अर्ब ५३ करोड चुक्तापुँजी रहेको यो कम्पनीले १२ प्रतिशत सेयर आयोजना प्रभावित र सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । 

यस अघि कम्पनीले स्थानीय र सर्बसाधारणको लागि प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा जारी पूँजीको १२ प्रतिशत बराबरको सेयर जारी गर्न बोर्ड समक्ष आवेदन दिएको थियो । सोही अनुरुप कम्पनीले १८ करोड ४० लाख ९१ हजार बराबरको १८ लाख ४० हजार ९१० कित्ता सेयर निष्काशन गर्नेछ ।

शेयर जारी  गर्न बोर्डले कार्तिक २८ गते अनुमति दिएको हो ।धितोपत्र बोर्डबाट स्वीकृति आइसकेकोले अब चाडै आइपीओ निश्कासनको मिति सार्वजनिक हुने कम्पनीका एक संचालकले जानकारी दिए । उक्त सेयरको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।





सम्बन्धित समाचार