४ मंसिर २०७७, बिहीबार   331 पटक हेरिएको


image

यसै बर्ष देखि लागू हुने भनिएको कक्षा- ११ मा नयाँ पाठ्यक्रम लागू नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको थियो । मिति २०७७.०७.२० बिहीबार भएको न्यायाधीस पुरुषोत्तम भण्डारीको एकल इजलासले सरकारका नाममा यस्तो आदेश जारी गरेका  थिए ।

बिगत २०७६ मा नै सरकारले यसै बर्षबाट पाठ्यक्रम परिबर्तन गर्ने गरी तैयारी गरेको थियो। सरकारले गत वर्ष राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ स्वीकृत गर्दै २०७७ बाट लागू गरिने तयारी गरेको थियो।

भागवत अर्यालले कक्षा- ११ मा यस वर्ष नयाँ पाठ्यक्रम लागू नगर्ने आदेश जारी हुनुपर्ने माग गर्दै पाठ्यक्रम विकास केन्द्रविरुद्ध उत्प्रेषण मुद्दा दायर गरेका थिए। सोही निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश जारी गरेको थियो।

आज भएको पाठ्यक्रम प्रारुप विरुद्धको मुद्दाको सुनुवाई स्थगीत भएको छ । अबको पेशी मंसिर २४ गतेका लागि तोकिएको छ । यससँगै कक्षा- ११ मा नयाँ पाठ्यक्रम पढाउने वा पुरानै पढाउने भन्नेबारे थप अन्योल  लम्बिएको छ । यो अन्योलता संगै कक्षा ११ को पढाईमा थप दबाब र तनाब बढेको छ ।





सम्बन्धित समाचार