४ मंसिर २०७७, बिहीबार   135 पटक हेरिएको


image

यो साता शेयर कारोबारमा इतिहास रचेको छ ,जसमा सेयर बजारमा आज  बिहीबार भएको कारोबार रकमले इतिहास रचेको हो ,जसले गर्दा लगानीकर्तामा थप उत्साह थपिएको छ ।सेयर बजारमा  ६ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ रुपैयाँको(6,116,730,071) कारोबार  भएसँगै इतिहास रचेको हो । यो सेयर बजारको अहिले सम्म कै इतिहासमै कारोबार रकममा सवै भन्दा धेरै कारोबार भएको जनाएको छ  । 

नेपाल स्टक एक्सचेञ्ज(Nepse) का अनुसार बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक ३६.३२ अंकले बढेर १७७८.१२ मा पुगेको छ । नेप्से २.०८ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक ४.९८ अंकले बढेर ३४३.०७ मा पुगेको छ ।

कूल १९८ वटा कम्पनीको एक करोड ४० लाख ६२ हजार ५ सय ७ कित्ता(14,062,507) शेयर खरिदबिक्री भएको छ । कुल शेयर कारोबारमा ५६ हजार  ३ सय ४१ (56,341)कारोबार भएको छ ।त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये बिहीबार सबै उपसमूहको शेयर बढेको छ ।

आज भएको कारोबारमा तारा गाऊं रिजेन्सी, युनिलिभर नेपाल ,बोटलर्स नेपाल आदि कम्पनीले कमाएका छन भने मेगा बैंक प्रमोटर ,१०% प्रभु बैंक डिबेंचर ,सनराईज फर्स्ट म्युचुअल आदि कम्पनीले गुमाएका छन ।

बिहीबार भएको सेयर बजारमा नेपाल पुनर्बिमा कम्पनी, हिमालय डिस्ट्रीलरी ली.मा  लगानीकर्ता झुम्मिएका  थिए  । नेपाल पुनर्बिमा कम्पनीको  ३  लाख ७७ हजार ७९९ कित्ता सेयर खरिदबिक्री हुँदा ४१ करोड ८ लाख ४५ हजार ३१० रुपैयाँको कारोबार भएको थियो भने  हिमालय डिस्ट्रीलरी ली. को  २७ करोड़ ७ लाख ५३ हजार ५ सय ३९ रुपैया को कारोबार भएको थियो । 





सम्बन्धित समाचार