
भर्खरै शेयर बजारमा प्रबेश गर्नेलाई साधारण शेयर (IPO) सामलिङ्ग पावर कम्पनी लिमिटेडको आइपिओ मंसिर २५ गते बिहीबार छिनोफानो हुने भएको छ । कम्पनीले सो शेयरको लागी बार्षिक साधारण सभाबाट पारित गर्ने छ । सभा मंसिर २५ गते बिहीबार कम्पनीको रजिष्टर्ड कार्यालय सानेपाबाट बिहान ११ बजे देखि भर्चुअल माध्यम (ZOOM LINK) मार्फत् दोस्रो वार्षिक साधारण सभा गर्दैछ ।
सभामा कम्पनीले जारी गर्न लागेको साधारण शेयर (IPO) सम्बन्धी कार्यहरु अनुमोदन गरिनेछ । कम्पनीले प्रति शेयर एक सय रूपैयाँ अंकित दरको १२ करोड ३० लाख रूपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गर्न लागेको हो । सो सभाबाट २०७६/०७७ को लेखापरीक्षक प्रतिबेदन , बित्तीय बिबरण तथा २०७७/०७८ को लेखापरीक्षक नियुक्तको बारेमा छलफल गरि सो लाई पारित गर्ने छ ।

त्यसैगरी, कम्पनीले साधारण शेयर (आइपिओ) निष्कासन गर्न प्रत्याभूतिकर्तामा एनआईबिएल एस क्यापिटल लिमिटेड र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरिसकेको छ ।