४ मंसिर २०७७, बिहीबार   67 पटक हेरिएको


image

मेष 

नया  काम शुरु  गर्ने अवसर जुट्नेछ । आजको दिन रमाइलोमा समय बित्ने छ  । पारिवारिक मित्रता तथा रमाइलो यात्रा होला । नयाँ नयाँ साथी भाईहरूसंगको भेट हुने समय रहेको छ । विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ ।

वृष 

मेहनत गर्दा अवसर भने पाइनेछ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। आर्थिक लाभका नयाँ नयाँ मार्गहरु नि प्रशस्त होलान् । आजको दिन नयाँ बस्त्र तथा आभुषण प्राप्त हुने योग छ। तपाईंको लगनशीलताले आटेका वा सोचेका काम कार्यहरू पूरा होलान् ।

मिथुन 

तपाईको श्रमकोपनि उचित मूल्याङ्कन हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ। नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । नयाँ व्यवसाय सुरु गर्ने मौका छ।  काम अनुसारको प्रतिफल   कमाउने बेला छ।

 कर्कट 

श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ। आजको दिन यात्रा हुनसक्छ । खेलकुद तथा साहित्यिक क्षेत्रमा तपाईंको सहभागीताले उत्साह थपिएला । व्यस्त समय भए तापनि स्वास्थ्य राम्रो रहनेछ । तपाईंले आराम गर्नुपर्छ र घनिष्ठ मित्र र परिवारका सदस्यहरूसँग आनन्द मनाउने प्रयास गर्नुपर्छ।

 सिंह 

व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ। तपाईको अध्ययनमा समय दिन नसकिने देखिदैन । व्यावहारिक समस्याले कामविशेष रोकिन सक्छ। आज को दिन आध्यात्मिक चिन्तनमा मन जाने देखिन्छ । चाँडै सक्नुपर्ने कामको  चाप पनि बढ्न सक्छ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। । आज खुसियाली  साथ समय बित्नेछ । तपाईंको लगनशीलता कठिन कार्यहरू पनि सहजै सम्पन्न होलान् ।

 कन्या 

आजको दिन धन सम्पति  तथा मान प्रतिष्ठा प्राप्ति हुनसक्छ । वैदेशिक यात्राका अवसरहरु पनि आउनसक्छ । साथी भाईहरूको काममा साथ दिनेछन् । साझेदारसँग असमझदारी बढ्न सकनेछ । कुनै नया काम गर्दै हुनुह्न्छ भने तत्काल बाहिर नसुनाउनु होला। कृषिबाट सामान्य लाभ हुनेछ।

 तुला 

प्रतिस्पर्धीहरूलाई सजिलै वशमा ल्याउन सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। प्रशंसकहरू बढ्नेछन् र मानसम्मान समेत पाइनेछ । आज परोपकार तथा धार्मिक कार्यमा मन जानेछ। आजको दिन तपाईंको व्यक्तित्व देखेर सबै प्रभावित होलान् ।

वृश्चिक 

 धैर्य तथा विवेकले काम लिनुहोला । मिहिनेतले आम्दानीको स्रोत बढ्नेछ । आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । साथी या नयाँ व्यक्तिसंग भेटघाट होला ।

 धनु 

छोटो यात्रा हुने संभावना रहेको छ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू पनि बढ्नेछन्। नाम दाम र प्रतिष्ठित काम हातपार्न सफल भइनेछ। विगतका कमजोरी सच्याउने मौका मिल्नेछ। विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। व्यापार ब्यबसायबाट लाभ मिल्नेछ।

 मकर 

खर्चको भार  बढ्न सक्छ । भैपरी आउने समस्याले खर्च बढाउन सक्छ । सरकारी काम कार्यहरू पनि सहजै सम्पन्न होलान् । परिवारजनबाट टाढिनुपर्ला । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने हुँदा सावधान रहनुहोला । आज मानसम्मान,धन तथा प्रतिष्ठामा वृद्धि होला ।

 कुम्भ

कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ ।  आजको दिन गरिरहेका अधुरा कामहरूको प्रतिफल पाउन सकिने योग रहेको छ । धर्म कर्म तथा शुभ कार्य गरिएला । आजको दिन भाग्योदय हुनाले वैदेशिक यात्राका अवसरहरु पनि आउनसक्छ ।

 मीन 

मिहिनेतले प्रतिष्ठित काम गर्ने अवसर दिलाउन सक्छ। अध्ययन अध्यापनमा प्रगति हुनेछ। बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ। रमाइलो यात्राको योग रहेको छ। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ। विभिन्न अवसर प्राप्त हुने समय रहेको छ  भने भविष्यका लागि दिगो फाइदा हुने काम हुन सक्ने छ ।

तपाईको आजको दिन शुभ रहोस !!!





सम्बन्धित समाचार